close

विश्वभर कति होलान् आईफोन प्रयोगकर्ता ?

टेकपाना टेकपाना

माघ १४, २०७८ १७:४७

विश्वभर कति होलान् आईफोन प्रयोगकर्ता ?

काठमाडौं । एप्पल बिदाको समयमा यसअघि भन्दा धेरै आम्दानी गर्न सफल भयो । सन् २०२१ मा भएको वृद्धिका कारण कम्पनीले सक्रिय डिभाइसको सूचीमा १५ करोड थप गरेको छ ।

गएराति भएको एक कार्यक्रममा कम्पनीका सीईओ टिम कुकले एप्पलका सक्रिय डिभाइसको सङ्ख्या १.८ अर्ब रहेको खुलासा गरे । जुन चाहिँ कम्पनीले करिब एक वर्षअघि सार्वजनिक गरेको १.६५ अर्बको आँकडाभन्दा बढी हो ।

त्यसैगरी २०२० को जनवरीमा कम्पनीका एक्टिभ डिभाइसको सङ्ख्या १.५ अर्ब रहेको थियो । कुकले ती डिभाइसको विस्तृत विवरण भने उल्लेख गरेका छैनन् ।

सन् २०१६ मा एक अर्बौं आईफोन बिक्री गरेपछि गत वर्ष एप्पलका सक्रिय आईफोन डिभाइसको सङ्ख्याले एक अर्बको आँकडा पूरा गरेको थियो । त्यसपछि सन् २०१९ मा सक्रिय आईफोन प्रयोगकर्ताको सङ्ख्या ९० करोड पुगेको थियो ।

एप्पलले पछिल्लो ९० दिनमा एप्पल सर्भिसमा इंगेज भएको आधारमा सक्रिय डिभाइसको रुपमा गणना गर्छ । त्यसैले १.८ अर्बको सङ्ख्याले थुप्रै प्रकारका एप्पल हार्डवेयरहरूलाई समेत समेट्छ ।

गुगलले गत वर्ष गुगल प्ले स्टोरमा एक्सेस गर्ने सक्रिय एन्ड्रोइड डिभाइसको सङ्ख्या तीन अर्ब पुगेको जानकारी दिएको थियो । माइक्रोसफ्टले यसै साताको सुरुमा विन्डोज टेन तथा विन्डोज इलेभेन डिभाइसको सङ्ख्या एक अर्ब ४० करोड पुगेको जनाएको थियो ।

जसमा उसले एक्सबक्स वन र एक्स बक्स सिरिज एक्स एस लाई समेत विन्डोज टेन डिभाइसको रुपमा गणना गर्दै आएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२