close

आईफोन १५ सिरिजका सबै मोडेलमा हुनेछ ४८ मेगापिक्सेल क्यामेरा

टेकपाना टेकपाना

जेठ १, २०८० ११:५

आईफोन १५ सिरिजका सबै मोडेलमा हुनेछ ४८ मेगापिक्सेल क्यामेरा

काठमाडौं । आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा उपलब्ध हुने भएको छ ।

एप्पलले आईफोन १४ देखि ४८ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराउन सुरु गरेको हो । तर यो सिरिजमा कम्पनीले महँगा अर्थात् प्रो मोडेल अर्थात् आईफोन १४ प्रो र १४ प्रो म्याक्समा मात्र ४८ मेगापिक्सेलको क्यामेरा दिएको थियो । 

अब १५ सिरिजका फोनमा भने चारओटै मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा हुने जानकारी बाहिर आएको छ ।

कम्पनीले यो सिरिजमा आईफोन १५, १५ प्लस, १५ प्रो र १५ प्रो म्याक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गर्दै आएको कम्पनीले थप फिचर सहित क्यामेरालाई ४८ मेगापिक्सेलमा अपग्रेड गरेको हो । 
   

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १३:३७