close

खल्तीका ग्राहकलाई आईफोन १३ र १ रुपैयाँमा फ्लाइट टिकट जित्ने मौका

टेकपाना टेकपाना

माघ २५, २०७८ १२:५२

खल्तीका ग्राहकलाई आईफोन १३ र १ रुपैयाँमा फ्लाइट टिकट जित्ने मौका

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले ‘उडान अब मात्र रू. १’ अफर पुनः सञ्चालनमा ल्याएको छ । यो अफर अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेताले आईफोन १३ को बम्पर उपहार पाउनेछन् ।

साथै याे अफरअन्तर्गत हरेक दिन एक जनालाई रू. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ ।

‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि सहज प्लेटफर्म भएको छ, जसमा रु. १२०० सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ।यो अफर २३ माघदेखि फागुन ३० सम्म मान्य हुनेछ ।

उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२