close

अब सिग्नलमा पुराना म्यासेज यथावत रहने गरी नयाँ नम्बर परिवर्तन गर्न सकिने

टेकपाना टेकपाना

माघ २५, २०७८ १२:२

अब सिग्नलमा पुराना म्यासेज यथावत रहने गरी नयाँ नम्बर परिवर्तन गर्न सकिने

काठमाडौं । सुरक्षित म्यासेजिङ एप सिग्नलले नयाँ फिचर उपलब्ध गराएको छ । इन्क्रिप्डेट इन्स्टेन्ट म्यासेजिङ एपको रुपमा विश्वका करोडौं प्रयोगकर्ताले सिग्नल प्रयोग गर्दै आएका छन् । सोही अनुरूप कम्पनीले पनि समयसमयमा आफ्ना ग्राहकलाई विभिन्न नयाँ फिचर उपलब्ध गराइ रहेको छ ।

यसै क्रममा कम्पनीले सोमबार नयाँ फिचर उपलब्ध गराएको हो । जसले प्रयोगकर्ता सिग्नलमा प्रयोग हुँदै आएको पुरानो नम्बर परिवर्तन गर्न सक्ने सुविधा दिएको छ । यसरी नम्बर परिवर्तन गर्दा पुराना नम्बरमा आएको म्यासेज समेत यथावत रहने जनाइएको छ ।

विषेश गरी यो म्यासेजिङ एप इन्क्रिप्टेड हुने हुँदा सिग्नल हुने कुराकानी फोन नम्बरमा आधारित हुने गर्दछ । यसको अर्थ तपाईं बिच हुने कुराकानी कुनै पनि क्लाउडमा स्टोरेज हुँदैन । यस्तोमा यसअघि सम्म यदि तपाईंले सिग्नलमा प्रयोग भएको नम्बर परिवर्तन गर्नु भएको खण्डमा पुराना सबै म्यासेज उड्ने समस्या थियो ।

उक्त समस्याको समाधान गर्दै कम्पनीले नयाँ फिचर उपलब्ध गराएको हो । जसले प्रयोगकर्तालाई नम्बर परिवर्तन गर्दा पनि आफ्नो पुराना म्यासेज नयाँ नम्बरमा प्राप्त गर्ने विकल्प दिनेछ ।

तर, त्यसका लागि तपाईंसँग नयाँ र पुरानो दुबै नम्बरमा पहुँच भने हुन आवश्यक छ । साथै नयाँ नम्बर परिवर्तन गर्दासम्म पुरानो नम्बर सिग्नलमा एक्टिभ भएको हुनु पर्नेछ । यदि यी दुबै भएको खण्डमा तपाईंले नम्बर परिवर्तन गर्न सक्नुहुनेछ । भने, तपाईंको नम्बर परिवर्तन गरिएको विषयमा तपाईंसँग जोडिएका अन्य प्रयोगकर्तालाई समेत जानकारी गराउने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२