close

हर्नको आवाज परिवर्तन गर्न मिल्ने गाडी कम्पनीलाई नै फिर्ता दिन एलन मस्कको आग्रह

टेकपाना टेकपाना

फागुन २, २०७८ १९:५६

हर्नको आवाज परिवर्तन गर्न मिल्ने गाडी कम्पनीलाई नै फिर्ता दिन एलन मस्कको आग्रह

काठमाडौं । टेस्लाले अमेरिकामा ‘बुमबक्स’ फिचर भएका पाँच लाखभन्दा बढी गाडी कम्पनीलाई नै फिर्ता गर्न आग्रह गरेको छ । बुमबक्स फिचर एउटा यस्तो सफ्टवेयर अपडेट हो, जसको सहयोगमा सवारीधनीले आफ्नो सवारीको आवाज जस्तै बाख्राको आवाज अथवा कुनै जिंगल प्रयोग गर्न सक्थे ।

तर, अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टीले यो फिचरका कारण सवारी दुर्घटनाको सम्भावना थप बढेको बताएको थियो ।

साथै फेडरल मोटर भेहिकल सेफ्टी स्ट्यान्डर्डले पनि कुनै पनि सवारी निर्मातालाई हर्नको आवाज मोडिफाई अथवा परिवर्तन गर्न मिल्ने सुविधा नदिन चेतवानी दिएको छ ।

यसकारण यो फिचर भएका गाडी टेस्लाले सवारीधनीबाट फिर्ता मागेकाे हो ।

यस विषयमा आफ्नो प्रतिक्रिया ट्वीटर मार्फत दिँदै एलन मस्कले व्यग्यांत्मक रुपमा ‘फन पुलिस’ बम कारण बुमबक्स फिचर भएबम गाडी फिर्ता माग्न कम्पनी बाध्य भएको बताएका छन् ।

कम्पनीले हालै मात्र पाँच लाख ७९ हजार वटा गाडीहरू फिर्ता मागेको छ, जसअन्तर्गत २०२० देखि २०२२ सम्मका टेस्ला मोडेल एक्स, एस र वाई सिरिज सवारी रहेका छन् ।

साथै २०१७ देखि २०२० सम्म बिक्री भएका मोडेल थ्रीएसको गाडीहरू पनि कम्पनीले फिर्ता मागेको छ । गएका केही हप्तामा टेस्लाले यसरी आफ्नो गाडी फिर्ता मागेको यो चौथौं पटक हो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२