काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले सुपर रफ्तार अफर ल्याएको छ ।
यस अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । सुबिसुका अनुसार इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन यो अफर ल्याइएको हो ।
आफनो आवश्यक्ता अनुरुप सेवाग्राहीले उच्च गतिको इन्टरनेट सेवा अब न्यूनतम मुल्यमा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सक्रिप्सनको वार्षिक सेवा रु. १७७० प्रति महिनामा प्राप्त गर्न सकिनेछ ।
सुबिसुले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।