close

वानप्लसका सहसंस्थापकले ल्याउने भए अर्को एन्ड्रोइड ब्राण्ड

टेकपाना टेकपाना

फागुन ६, २०७८ ११:०

वानप्लसका सहसंस्थापकले ल्याउने भए अर्को एन्ड्रोइड ब्राण्ड

काठमाडौं । कार्ल पेई चर्चित स्मार्टफोन ब्राण्डका सहसंस्थापक हुन् । केही वर्षअघि वानप्लस छाडेका पेईले अर्को कम्पनीमार्फत् नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएका छन् । उनले भर्खरै मात्र ट्विट गर्दै नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेका हुन् । नथिङ नाम राखिएको यो ब्राण्डको स्मार्टफोन बजारमा वानप्लसको प्रतिस्पर्धी हुने अपेक्षा छ ।

पेईले दुई दिनअघि व्याक अन एन्ड्रोइड लेखेर ट्विट गर्दा एन्ड्रोइड र स्न्यापच्याटको आधिकारीक अकाउन्टबाट रिप्लाई पनि पाएका छन् । यो रिप्लाईलाई हेर्दा नथिङले नयाँ एन्ड्रोइड स्मार्टफोनमा काम गरिरहेको झल्को मिल्छ ।

केही महिना यता नै नथिङले एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित स्मार्टफोन सार्वजनिक गर्न लागेको हल्ला फैलिरहेको भए पनि यसका संस्थापकले पहिलो पटक यसरी ट्विट गरेका हुन् ।

वानप्लस छाडेपछि पेईले स्थापना गरेको कम्पनी नथिङसँग अहिले बजारमा पठाउन हेडफोन मात्रै छ । नथिङ एयर नामक हेडफोन कम्पनीले बजारमा पठाइसकेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएको समाचार अनुसार नथिङले स्मार्टफोनसहित ५ वटा नयाँ प्रडक्टमा काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२