close

आईएमई पे मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट

टेकपाना टेकपाना

फागुन ६, २०७८ १०:४३

आईएमई पे मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । भुक्तानी सेवा प्रदायक आईएमई पेले क्युआर स्क्यान गरी ग्रोसरीमा सामान खरिद गर्दा प्रयोगकर्तालाई १० प्रतिशत छुट दिने भएको छ । बढ्दो डिजिटल कारोबारलाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ कम्पनीले यो सुविधा दिएको हो ।

यो सुविधा बिगमार्ट, भाटभटेनी, सेल्सबेरी, के एण्ड के मार्ट, डेल्ली ग्रोसरी, माई मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उल्लेखित मार्टमा सामान खरिद गर्दा त्यहाँ उपलब्ध कुनै पनि क्यूआर कोड(फोनपे, स्मार्ट क्यूआर, युनियनपे) स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

त्यसरी भुक्तानी गर्दा सय रुपैयाँसम्मको कारोबारमा १० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ । केही समयको लागि उपलब्ध गराइएको यो सुविधा अन्तर्गत पाउने छुट क्यास ब्याकको रुपमा ग्राहकलाई उपलब्ध हुनेछ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२