close

अब नास्टलाई सातै प्रदेशमा विस्तार गरिने

टेकपाना टेकपाना

फागुन ७, २०७८ १०:२१

अब नास्टलाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौं । अब विज्ञान  तथा  प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई सात ओटै प्रदेशमा विस्तार गरिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार नास्टको कार्य क्षमता र कार्यक्षेत्र विस्तार गरिने भएको हो ।

शुक्रबार प्रतिष्ठानको ४५ औँ प्राज्ञ सभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएको गोरखापत्रमा उल्लेख छ । नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले विज्ञान, प्रविधिको विकासलाई सरकारले प्राथमिकतामा राख्दै आएको बताउँदै आगामी दिनमा अध्ययन, अनुसन्धानको काममा नास्टलाई सरकारले सहयोग गर्ने बचन दिएका थिए ।

‘नयाँ प्रविधि विकास गर्ने, प्रविधिलाई भित्र्याउन आवश्यक पर्ने प्रविधि अनुकूलन गर्न गरिएका प्रयासहरूको  अझ विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि सबै लाग्नु जरुरी छ,’ उनले भने ।

त्यस्तै नास्टका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मुलुकमा आधुनिक शिक्षा र   प्रविधिको विकास बिना मुलुकको वास्तविक विकास हुन नसक्ने बताए । उनले नास्टलाई सातै  प्रदेशमा विस्तार गर्न मन्त्रालयले ठोस योजना निर्माण गरी कार्यान्वयन गर्ने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२