close

अब डाउनलोड गर्नु अघि नै एपका लागि कुन एन्ड्रोइड भर्सन आवश्यक पर्छ हेर्न सकिने

टेकपाना टेकपाना

फागुन ७, २०७८ ८:५५

अब डाउनलोड गर्नु अघि नै एपका लागि कुन एन्ड्रोइड भर्सन आवश्यक पर्छ हेर्न सकिने

काठमाडौं । गुगल प्ले स्टोरले केही दिन अघिमात्रै एप डाउनलोड गर्दा मोबाइलको होम स्क्रिनमा डाउनलोड भइरहेको जानकारी दिने फिचर उपलब्ध गराएको थियो । हुन त अझै पनि धेरै प्रयोगकर्तामाझ यो फिचर उपलब्ध नभएको हुन सक्छ ।

यस्तोमा कम्पनीले थप अर्को फिचर उपलब्ध गराएको छ । गुगलले प्ले स्टोरबाट एप डाउनलोड गर्दा सो एपको लागि कुन भर्सनको एन्ड्रोइड ओएस आवश्यक पर्छ भनेर जानकारी दिने छ ।

App info section in Google Play Store

यसको अर्थ डाउनलोड गर्न खोजेको एपका थोरैमा पनि कति देखि कतिसम्मको एन्ड्रोइड भर्सन आवश्यक पर्छ भन्ने जानकारी दिनेछ । यसले प्रयोगकर्तालाई डाउनलोड गर्नु अघि नै सो एप डाउनलोड गर्ने नगर्ने भनेर जानकारी लिन मद्दत पुर्‍याउने विश्वास कम्पनीले लिएको छ ।

हुन त यो फिचर गुगल प्ले स्टोरको वेब भर्सनमा यसअघि नै उपलब्ध थियो । त्यसैलाई परिमार्जन गर्दै कम्पनीले अब एपमा पनि यो जानकारी दिन थालेको हो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२