close

यी एप, जसमा प्रयोगकर्ताले गरे एक वर्षमै १२ अर्ब खर्च

टेकपाना टेकपाना

फागुन ७, २०७८ २०:८

यी एप, जसमा प्रयोगकर्ताले गरे एक वर्षमै १२ अर्ब खर्च

काठमाडौं । पछिल्लो समयमा मोबाइल एपको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रयोगमा हुने सहजताका कारण वेबसाइटमा भन्दा पनि एपमा प्रयाेगकर्ताकाे ध्यान आकर्षित हुने गरेको छ ।

अझ पछिल्लो समय मोबाइल गेमिङले एपको महत्वलाई बढाएको छ । जसले गर्दा एपमा प्रयोगकर्ताले खर्च गर्ने क्रम पनि बढिरहेको छ ।

एपहरुको अध्ययन गर्ने संस्था एप एन्नीले हालै सन् २०२१ को प्रतिवेदन सार्वजनिक गरेको छ । साे प्रतिवेदन अनुसार सन् २०२१ मा प्रयोगकर्ताले सय मिलियन डलर अर्थात १२ अर्ब ८ करोडभन्दा बढी खर्च गरेको एप संख्या २३३ रहेको छ । यसको अर्थ यी एपमध्ये हरेकमा प्रयोगकर्ताले १२ अर्बभन्दा बढी खर्च गरेका छन् ।

त्यसमध्ये १३ ओटा एपले १ बिलियन डलर अर्थात एक खर्ब २० अर्ब रूपैयाँभन्दा बढी कमाएका छन् । यस प्रतिवेदन अनुसार यसरी प्रयोगकर्ताले एपमा पैसा खर्च गरेको यो तथ्याङ्क सन् २०२० को तुलनामा २० प्रतिशतले बढी हो ।

सन् २०२० मा कूल १९३ एपले १०० मिलियनको आँकडा छुन सफल भएका थिए । भने, जम्मा ८ ओटा एपमा प्रयोगकर्ताले १ बिलियन भन्दा बढी खर्च गरेका थिए ।

प्रतिवेदन अनुसार सन् २०२१ को कूल २३३ एपमध्ये १७४ ओटा गेमसँग सम्बन्धित एप छन् । भने, बाँकी विभिन्न सामाजिक सञ्जाल, डेटिङ एपहरू रहेका छन् ।

त्यसमध्ये प्रयाेगकर्ताले सबैभन्दा बढी पैसा युट्युवमा खर्च गरेका छन् । भने, दोस्रोमा टिण्डर रहेको छ । त्यसपछि एचबीओए म्याक्स, टिकटक, रोबलक्स, क्याण्डीक्रस, डिज्नेप्लस जस्ता एप रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२