close

क्रिप्टो र ब्लकचेन विषयमा निःशुल्क शिक्षा दिँदै बाइनान्स

टेकपाना टेकपाना

फागुन ८, २०७८ १२:३०

क्रिप्टो र ब्लकचेन विषयमा निःशुल्क शिक्षा दिँदै बाइनान्स

काठमाडौं । पछिल्लाे केही वर्षयता क्रिप्टोकरेन्सी तथा ब्लकचेनमा निकै ठूलो परिवर्तन आएको छ । यसमा भएको आविष्कार, प्रयोग र मूल्यमा आएको तीव्रताले पनि यसको महत्वलाई जनाउँछ ।

फलस्वरूप क्रिप्टो स्पेसमा करोडौंको संख्यामा मानिस जोडिएका छन् । करोडौंको संख्यामा यसमा मानिस जोडिएको भएपनि यो नयाँ प्रविधि भएकाले यसको इकोसिस्टम अझै तयार भएको छैन ।

क्रिप्टोकरेन्सी र ब्लकचेनको विषयमा जानकारी नहुँदा सबैको पहुँच यसमा हुन सकेको छैन् । त्यसैलाई मध्यनजर गर्दै बाइनान्स एकेडेमीले क्रिप्टोकरेन्सी तथा ब्लकचेनसँग सम्बन्धित शिक्षा निशुल्क उपलब्ध गराउने भएको हो ।

क्रिप्टोकरेन्सी, ब्लकचेन, मेटाभर्स, एनएफटी तथा यो उद्योगमा भएका अन्य विकासलाई सहज रुपमा बुझाउने गरी बाइनान्सले निशुल्क शिक्षाको परियोजना अघि बढाएको हो ।

बाइनान्स क्रिप्टोकरेन्सी तथा ब्लकचेनका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउने विश्वकै सबैभन्दा ठुलो कम्पनी हो । यस्तोमा बाइनान्स एकेडेमीमार्फत कम्पनीले क्रिप्टोकरेन्सी तथा ब्लकचेनसँग सम्बन्धी सामान्यदेखि जटिल विषयमा निःशुल्क जानकारी उपलब्ध गराउने भएको हो ।

विभिन्न २२ भाषामा कम्पनीले क्रिप्टोकरेन्सी तथा ब्लकचेनका बारेमा जानकारी दिन थालिसकेको छ । हाल बाइनान्स एकेडेमीमा तीन सय ६१ ओटा कन्टेन्ट उपलब्ध नै भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२