काठमाडौं । नेपाली बजारमा सामसङ ब्राण्डका विभिन्न उत्पादन उपलब्ध छन् ।
यसअन्तर्गत कम्पनीले स्मार्टफोन, ट्याब्लेट, स्मार्ट टिभी, स्मार्टवाच, रेफ्रिजेरेटर, माइक्रोवेभ ओभन, भ्याकुल क्लिनर, एयर कण्डिश्नर लगायतका उत्पादन विस्तार गरिरहेको छ ।
नेपाली बजारमा सामसङका टिभीको माग पनि राम्रै छ । कम्पनीले नेपाली बजारमा हाल ३२ इन्चको एचडी टेलिभिजनदेखि ८५ इन्चको अल्ट्रा एचडी फोरके टेलिभिजन ल्याएको छ ।
मूल्यको कुरा गर्दा नेपालमा पाँच लाख ४९ हजार ९९० रूपैयाँसम्म पर्ने सामसङ टिभी उपलब्ध छन् । आज हामीले बजारमा उपलब्ध यो ब्राण्डका टिभीको मूल्य सूची प्रस्तुत गर्दै छौं ।