close

टाइप-सी पोर्ट भएको ‘आईफोन १२ प्रो म्याक्स’ बिक्रीमा

टेकपाना टेकपाना

फागुन १४, २०७८ १४:५०

टाइप-सी पोर्ट भएको ‘आईफोन १२ प्रो म्याक्स’ बिक्रीमा

काठमाडौं । यूएसएबी-सी पोर्ट भएको विश्वको दोस्रो आईफोनको बिक्री अनलाइन प्लेटफर्म ‘ईबे’ मार्फत हुने भएको छ ।

स्लोभाकियाको कम्पनी ‘डिप’ ले आईफोन १२ प्रो म्याक्सलाई मोडिफाई गरेर यूएसबी-सी पोर्ट सपोर्ट गर्ने बनाएको हो । लामो समयदेखि सी पोर्ट सपोर्ट गर्ने एप्पलका उत्पादनहरूको प्रयोगकर्ताले माग गरिरहेका थिए ।

लाइटिङ पोर्टलाई हटाएर सी पोर्टको प्लग लगाएर यो फोन मोडफाई गरिएको हो । कम्पनीले मोडिफाई पश्चात फोनको परीक्षण सफल रुपमा गरेको छ ।

फोन चार्ज हुने मात्र होइन, यसले आईट्युनलाई पनि सपोर्ट गर्छ साथै यो सजिलै म्याकमा पनि कनेक्ट हुन्छ । यो फोन मार्च महिनाको ६ तारिकमा लिलामीको लागि ईबेमा राखिनेछ ।

यो भन्दा अगाडि गत वर्षको नोभेम्बर महिनामा स्विजरल्यान्डको रोबोटिक्स पढिरहेका विद्यार्थी केन पाइलोनेलले आईफोन एक्स मोडिफाई गरेका थिए ।

सो फोन ईबे मार्फत नै ८६,००१ डलर (१ करोड तीन लाख रुपैयाँ) मा बिक्री भएको थियो ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३