close

मोबाइल र इन्टरनेटको गुणस्तर सर्भे गर्न छुट्टै मोबाइल एप सार्वजनिक

टेकपाना टेकपाना

फागुन २०, २०७८ १४:४३

मोबाइल र इन्टरनेटको गुणस्तर सर्भे गर्न छुट्टै मोबाइल एप सार्वजनिक

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेटको गुणस्तर सर्वेक्षण गर्न छुट्टै मोबाइल एप सार्वजनिक गरेको छ । प्राधिकरणको २४ औँ वार्षिकोत्सवको अवसरमा नियामकले यस्तो एप ल्याएको हो ।

इन्टिग्रेटेड प्लेटफर्मको रुपमा रहेको यो एपको नाम एनटीए क्यूओई सर्भे एप राखिएको छ । इन्टरनेट तथा दूरसञ्चार सेवाका उपभोक्तालाई गुणस्तरीय सेवाको अनुभूति गराउन यो एप ल्याइएको नियामकले जनाएको छ ।

एपका साथै मोबाइलमा शर्ट कोड ३४४६७ डायल गरेर समेत दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धी सर्वेक्षणमा सहभागी हुन सकिनेछ । एन्ड्रोइडमा यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२