close

नेपाली बजारमा सार्वजनिक हुँदै ओप्पो ए७६ 

टेकपाना टेकपाना

फागुन २२, २०७८ १८:२३

नेपाली बजारमा सार्वजनिक हुँदै ओप्पो ए७६ 

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पोले सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन ‘ओप्पो ए७६’ सार्वजनिक गर्ने भएको छ । 

६.५६ इञ्चको पञ्च होल स्क्रिन युक्त फोनमा ९० हर्ज रिफ्रेश रेट र १८० हर्ज टच स्याम्पलिङ रेट युक्त डिस्प्ले रहेको छ । ३३ वाट सुपरभोक चार्जिङ सिस्टम युक्त फोनमा ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध रहनेछ । १३ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा २ मेगापिक्सेलको डेप्थ क्यामेरा रहेको छ । 

एन्ड्रोइड ११ मा आधारित फोनमा क्वालकम एसएम६२२५ स्न्यापड्रयागन ६८० फोरजी चिपसेट रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२