close

भेटियो अर्को विनाशकारी मालवेयर, कम्प्युटर सिस्टमलाई कामै नलाग्ने बनाउने

टेकपाना टेकपाना

चैत २, २०७८ ९:४८

भेटियो अर्को विनाशकारी मालवेयर, कम्प्युटर सिस्टमलाई कामै नलाग्ने बनाउने

काठमाडौं । अनुसन्धानकर्ताले युक्रेनका कम्प्युटरहरूमा असर गर्ने नयाँ प्रकारको विनाशकारी वाइपर मालवेयर पत्ता लगाएका छन् । रुसको आक्रमण सुरु भएदेखि युक्रेनी प्रणालीमा यस्तो मालवेयर भेटिएको यो तेस्रो पटक हो ।

क्याडिवाइपर नाम दिइएको यो मालवेयर स्लोभाकियाको साइबर सेक्युरिटी कम्पनी ईसेटले पत्ता लगाएको थियो । आफ्नो आधिकारिक ट्वीटरमा शेयर गर्दै उक्त कम्पनीले यस विषयमा जानकारी दिएको थियो ।

कम्पनीका अनुसार उक्त मालवेयरले ह्याक गरिएका डिभाइसमा जोडिएका डेटा, प्रोग्राम, हार्ड ड्राइभ तथा अन्य जानकारी मेटाउन सक्छ । उक्त वाइपरले काम गरेको खण्डमा प्रणालीलाई नै काम नलाग्ने बनाउन सक्छ ।

यो लगायत अन्य के के प्रभाव पर्नसक्छ भन्ने कुरा भने अझै बुझ्न बाँकी नै रहेको कम्पनीको भनाइ छ । योभन्दा अगाडिको दुई वाइपर मालवेयर आक्रमणको बारेमा पत्ता लगाएका थिए ।

पहिलो पटक हर्मेटिकवाइपर नामको मालेवयर अनुसन्धानकर्ताले रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा अगाडि फेब्रुअरी २३ मा पत्ता लगाएका थिए ।

दोस्रो पटक भने आईज्याकवाइपर नामको आक्रमण प्रयास फेब्रुअरी २४ मा नै भएको थियो । त्यसयता यस्तो प्रयास देखिएको यो तेस्रो पटक हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३