काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा थप सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याक घोषणा गरेको छ ।
यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।
ग्राहकले अब कर सहित रु. १२९ मा ७ जीबी अल-टाइम डेटा प्याकको फाइदा लिँदै प्रति दिन सात दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् ।
त्यसैगरी १४ जीबी अल-टाइम डेटा प्याक रु. १९९ मा लिएर सात दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।
यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ ।
पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले सात दिनसम्म कुल ७ जीबी पाइरहेका थिए । अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब रू. २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले सात दिनसम्म प्रयोग गर्न सक्छन् ।
यसअघि ग्राहकले सोही मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले सात दिनसम्म पाइरहेका थिए ।
त्यसैगरी एनसेलका ग्राहकले अब रु. ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन्, जसअन्तर्गत ग्राहकले हरेका दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् ।
यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबारदेखि सञ्चालनमा ल्याइएकाे एनसेलले जनाएकाे छ । प्रि-पेड ग्राहकले *१७१२३*१# डायल गरी प्राप्त निर्देशन अनुसार डेटा प्याक एक्टिभेट गर्न सक्छन् ।
यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् ।