close

फोनपेबाट पैसा ट्रान्सफर गर्दा कमलले जिते हुण्डाई कार

टेकपाना टेकपाना

चैत ५, २०७८ ८:४४

फोनपेबाट पैसा ट्रान्सफर गर्दा कमलले जिते हुण्डाई कार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजना अन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाईको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन् ।

सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा उनले बम्पर उपहार स्वरुप स्याण्ट्रो हात पारेका हुन् । उनलाई फोनपेका असिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।

फोनपेले अघिल्लो वर्षपनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्ज्वल अधिकारीले हुण्डाईको ग्राण्ड आईटेन गाडी जितेका थिए ।

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म यो योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आईफोन १३ जित्न सफल भएका छन् ।

यस योजनामा हरेक दिन एक जनाले आईफोन जित्न सकिन्थो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३