close

१०८ मेगापिक्सेल क्यामेरा सहित सामसङ ग्यालेक्सी ए७३ सार्वजनिक, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

चैत ५, २०७८ १७:५५

१०८ मेगापिक्सेल क्यामेरा सहित सामसङ ग्यालेक्सी ए७३ सार्वजनिक, यस्ता छन् मुख्य फिचर

काठमाडौं । सामसङले मिडरेन्ज स्मार्टफोन ए५३ र ए३३ सँगै अर्को स्मार्टफोन ए७३ फाईभजी पनि सोही दिन सार्वजनिक गरेको थियो । यद्यपि यो फोन त्यति चर्चामा आएन ।

कम्पनीले पनि आफ्नो प्रेस विज्ञप्तिमार्फत मात्रै ए७३ माेडलकाे फाेन अप्रिल महिनादेखि बजारमा उपलब्ध हुने जानकारी दिएको छ ।

१०८ मेगापिक्सेलको मुख्य क्यामेरा भएको ग्यालेक्सी ए७३ अप्रिल २२ देखि बजारमा उपलब्ध हुनेछ । फोनमा १२ मेगापिक्सेलको अल्ट्रावाइड, ५ मेगापिक्सेलको डेप्थ सेन्सर, ५ मेगापिक्सेलको म्याक्रो र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

साथै १२० हर्जको रिफ्रेसरेट सहितको ६.७ इन्चको डिस्प्ले दिइएको छ ।

५,००० एमएएच ब्याट्री भएको यो फोन ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध हुनेछ ।

यसमा १ टीबीसम्मको माइक्रोएसडी पनि प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३