काठमाडौं । पछिल्लाे समय युट्युव भिडिओ क्रियटरको संख्या उल्लेख्य रुपमा बढेको छ । यस्तो भिडियो इडिटिङका ससाना कामका लागि प्रोफेसनल इडिटरको आवश्यकता परिरहेको हुन्छ ।
तपाईंलाई पक्कै पनि थाहै होला, प्रोफेसनल भिडिओ इडिटरको एक किसिमको न्यूनतम शूल्क हुने गर्दछ । यस्तोमा हरेक साता दुई/तीन वटा भिडियो इडिट गराउनु निकै खर्चिलो काम भइदिन्छ । सुरुमै भिडिओबाट आम्दानी हुने कुरा पनि भएन ।
यस्तोमा अनेक किसिमको खर्चले क्रियटरको उत्साहलाई विस्तारै कम गर्दै लगिरहेको हुन्छ । यदि तपाईं पनि यस्तै समस्यामा हुनुहुन्छ भने आफैं भिडिओ इडिट किन नगर्ने ?
तपाईं मोबाइलमा केही एपको सहयोगमा सहजै प्रोफेसनल देखिने भिडिओ इडिट गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई मोबाइलमै भिडिओ इडिट गर्न सकिने केही उपयाेगी एप, जुन निःशुल्क र वाटरमार्कबिनै उपलब्ध छन्, त्यसबारे बताउँदै छौं ।