close

गुगलको एन्ड्रोइड एपमा पनि अब सर्च हिस्ट्री डिलिट गर्न मिल्ने

टेकपाना टेकपाना

चैत ६, २०७८ ११:४०

गुगलको एन्ड्रोइड एपमा पनि अब सर्च हिस्ट्री डिलिट गर्न मिल्ने

काठमाडौं । गुगलको एन्ड्रोइड एपबाट पनि अब सर्च हिस्ट्री हटाउन मिल्ने भएको छ । कम्पनीले गुगलको एन्ड्रोइड एपमा पछिल्लो १५ मिनेटको सर्च हिस्ट्री डिलिट गर्ने मिल्ने गरी ‘डिलिट लास्ट फिफ्टिन मिनेट्स’ भन्ने फिचर थप गर्ने तयारी गरिरहेको छ ।

यो फिचर गुगलले पहिले आईओएसमा मात्र उपलब्ध गराएको थियो । अब भने यो फिचर एन्ड्रोइडमा पनि आउने भएको छ ।

यो फिचरको उपलब्धता बारेमा एक्सडीए डेभलपर्सका पूर्वप्रमुख सम्पादक मिसाल रहमानले आफ्नो ट्वीटरमा शेयर गर्दै जानकारी दिएका थिए ।

उनले ट्वीटरमा शेयर गरेको फोटोमा गुगलको एन्ड्रोइड एपमा ‘डिलिट लास्ट फिफ्टिन मिनेटस्’ नामको नयाँ अप्सन देखिन्छ ।

एन्ड्रोइडमा गुगल एप अन गरेर स्क्रिनको माथि दाहिनेतिर भएको तीनवटा थोप्लामा क्लिक गरेपछि आउेन विभिन्न अप्सनहरूमा यो फिचरको अप्सन पनि थप भएको देख्न सकिन्छ ।

गुगलले सन् २०२१ भित्रै यो फिचर एन्ड्रोइडमा पनि उपलब्ध गराउने बताए पनि हालसम्म प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाएका छैनन् । सन् २०२२ मा भने यो फिचर सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने पक्का भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३