close

क्यासपरस्की एन्टीभाइरस प्रयोग नगर्न जर्मन सरकारको आग्रह

टेकपाना टेकपाना

चैत ६, २०७८ १३:२०

क्यासपरस्की एन्टीभाइरस प्रयोग नगर्न जर्मन सरकारको  आग्रह

काठमाडौं । जर्मनीको साइबर सुरक्षा निकाय ‘फेडरल अफिस फर इन्फर्मेशन सेक्युरिटी’ ले क्यासपरस्की एन्टीभाइरस प्रयोग नगर्न देशका कम्पनीहरूलाई आग्रह गरेको छ ।

युरोपेली युनियन, नेटो र जर्मनीलाई रुसले विभिन्न धम्की दिइरहेकाले जर्मन निकायले क्यासपरस्की एन्टीभाइरसका कुनै पनि उत्पादन प्रयोग नगर्न आग्रह गरेको हो ।

क्यासपरस्की रुसको मस्कोमा अवस्थित कम्पनी हो । सन् १९९७ सालमा स्थापना भएको कम्पनीको सफलताको लामो इतिहास छ ।

हुन त याे कम्पनीले रुस सरकारसँग आफ्नो सम्बन्ध राम्रो नभएको दाबी पनि गर्दै आएको छ । यद्यपि जर्मन सरकारले कुनै जोखिम नलिने बताउँदै क्यासपरस्कीका उत्पादनहरू प्रयोग नगर्न सुझाएको हो ।

क्यासपरस्कीका संस्थापक तथा सीईओ युजिन क्यासपरस्कीले एक ट्वीट गर्दै रुस र युक्रेनबीच सम्झौता हुनुपर्ने विचार व्यक्त गरेका थिए । जसका कारण धेरैजनाले उनको अभिव्यक्तिको विरोध पनि गरेका थिए ।

क्यासपरस्कीले रुसी सरकारको पनि साइबर सुरक्षा सम्बन्धी काम गर्ने भएका कारण सो कम्पनीमाथि अन्य निकायले काम गर्न नचाहिरहेको बुझिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३