close

एनसेललाई दुई विधामा एसियन टेलिकम अवार्ड

टेकपाना टेकपाना

चैत ६, २०७८ १२:४६

एनसेललाई दुई विधामा एसियन टेलिकम अवार्ड

काठमाडौं । नेपालको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले दुई विधामा ‘एसियन टेलिकम अवार्ड २०२२’ हात पारेको छ ।

यसअन्तर्गत एनसेलले ‘टेलिकम कम्पनी अफ दी इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ दी इयर’ अवार्ड प्राप्त गरेको छ ।

मोबाइल सेवामा गरेका उल्लेखनीय काम र एकीकृत डेटा सेन्टर स्थापनाको सम्मान स्वरूप एनसेलले उक्त उपाधि हात पार्न सफल भएको बताइएको छ ।

सिंगापुरमा रहेको एसियन बिजनेश रिभ्युले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो ।

यो वर्ष भने विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३