close

१०८ मेगापिक्सेल भएको ह्वावेको पहिलो फोन ‘नोभा नाइन एसई’ विश्व बजारमा

टेकपाना टेकपाना

चैत ७, २०७८ २२:२९

१०८ मेगापिक्सेल भएको ह्वावेको पहिलो फोन ‘नोभा नाइन एसई’ विश्व बजारमा

काठमाडौं । गत हप्ता मात्र चिनियाँ बजारमा सार्वजनिक भएको ह्वावे नोभा एसई स्मार्टफोनको बिक्री विश्वबजारमा पनि सुरु भएको छ । याे १०८ मेगापिक्सेल मुख्य क्यामेरा भएको ह्वावेको पहिलो स्मार्टफोन हाे ।

चीनभन्दा बाहिर यो फोनको पहिलो बिक्री स्पेनमा गरिएको छ । चाडैं अन्य देशमा पनि यसको बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।

कालो र निलो रंगमा उपलब्ध यो फोन कुन कुन भेरियन्टमा उपलब्ध हुनेछ भन्ने कुरा भने बजार अनुसार फरक हुने बताइएको छ ।

नोभा नाइनको भ्यानिला भेरियन्ट जस्तै देखिने नोभा नाइन एसईमा ९० हर्जको रिफ्रेस रेट सहितको ६.७८ इन्चको डिस्प्ले छ । जबकि नोभा ९ मा १२० हर्ज रिफ्रेस रेट सहितको ६.५७ इन्चको डिस्प्ले उपलब्ध छ ।

यो फोनको मुख्य आकर्षण नै यसको क्यामेरा रहेको छ । नोभा ९ एसईमा ह्वावेले १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो र डेप्थ क्यामेरा दिएकाे छ । साथै १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । 

स्न्यापड्रागन ६८० चिपसेट भएको यो फोनमा ४,००० एमएएचको ब्याट्री छ । विश्वबजारको लागि यसको मूल्य कति हुनेछ भन्ने विषयमा भने अहिले केही जानकारी आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२