close

रुसले अमेरिकामाथि साइबर आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकी राष्ट्रपतिको दावी

टेकपाना टेकपाना

चैत ८, २०७८ १२:०

रुसले अमेरिकामाथि साइबर आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकी राष्ट्रपतिको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस अमेरिकामाथि साइबर आक्रमणको तयारीमा रहेकाे दावी गरेका छन् । उनले अमेरिकी जासुसी संस्थाले पछिल्लो समय अमेरिकामाथि रूसी ह्याकरबाट आक्रमणका प्रयास बढिरहेको तथ्याङ्क देखाएको उल्लेख गरे ।

रुसले साइबर आक्रमणको तयारी गरिरहेको भएपनि अमेरिका त्यसको प्रतिकारका लागि तयार रहेको उनकाे भनाइ छ ।

‘हामी रुसको साइबर आक्रमणलाई रोक्न जस्तासुकै कदम चाल्न तयार छौं,’ उनले भनेका छन्, ‘त्यसका लागि प्राविधिक रुपमा हाम्रो पूर्वाधार पनि सक्षम रहेका छन् ।’

युक्रेन र रुसबीच जारी पछिल्लो अवस्थालाई लिएर अमेरिकी सरकारले रुसमाथि लगाएको प्रतिबन्धको प्रतिफल यो तयारी भएको दावी उनको छ ।

हुन त यसअघि फेब्रुअरी १४ मा पनि बाइडेनले रुसले अमेरिकामाथि साइबर आक्रमण गर्नसक्ने बताएका थिए ।

सोही समयमै उनले आफूहरू रुसको उक्त कदमका लागि तयार रहेको समेत जानकारी दिएका थिए । तर, सोमबार भने जासुसी संस्थाले नै रुसको साइबर आक्रमणको विषयमा जानकारी उपलब्ध गराएको दावी बाइडेनको छ ।

साथै उनले अमेरिकी कम्पनीहरूलाई आफ्नो डिजिटल डोरलाई बलियो बनाउन समेत निर्देशन दिएका छन् ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२