close

एक महिनामै नेपाल भित्रिए सवा ६ करोडका हेडफोन

टेकपाना टेकपाना

चैत ८, २०७८ १४:१७

एक महिनामै नेपाल भित्रिए सवा ६ करोडका हेडफोन

काठमाडौं । नेपालमा एक महिनाको अवधिमै छ करोडभन्दा बढीको हेडफोन तथा इयरफोन आयात भएको पाइएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार विदेशबाट एक महिनामा मात्रै छ करोड २६ लाख ४८ हजारको हेडफोन तथा इयरफोन भित्रिएको छ ।

तथ्याङ्क अनुसार चालू आवको आठ महिना अर्थात साउनदेखि फागुनसम्म कूल ४२ करोड ६९ लाख ६८ हजार बराबरको ५२ लाख ४७ हजार ७८३ वटा हेडफोन तथा इयरफोन आयात भएको छ । जुन अघिल्लो महिनाको तुलनामा छ करोड २६ लाख ४८ हजार बराबरको पाँच लाख २२ हजार ३९७ बढी हो ।

माघ मसान्तसम्म नेपालमा ३६ करोड ४३ लाख २० हजार बराबरको ४७ लाख २५ हजार ३८६ हेडफोन तथा इयरफोन आएको थियो । हेडफोन तथा इयरफोनसँगै मेमाेरी कार्डको आयात समेत उस्तै देखिएको छ ।

एक महिनाको अवधिमा एक करोड ८७ लाख छ हजार बराबरको ९४ हजार ८०० वटा मेमोरी कार्ड भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।

माघसम्म चार करोड ५६ लाख ७५ हजार रुपैयाँ बराबरको पाँच लाख ४८ हजार ७६३ वटा मेमोरी कार्ड भित्रिएकोमा फागुनसम्म आइपुग्दा छ करोड ४३ लाख ८१ हजार बराबरको छ लाख ४३ हजार ५६३ मेमोरीकार्ड भित्रिएको छ ।

यसरी हेडफोन तथा इयरफोन र मेमोरी कार्ड आयात हुने आठ महिनाको अवधिमा सरकारले कूल १४ करोड ७७ लाख ७८ हजार राजश्व संकलन गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२