close

बजारमा बलियो उपस्थिति जमाउन ६ नयाँ फोन ल्याउँदै वनप्लस

टेकपाना टेकपाना

चैत १०, २०७८ १२:२०

बजारमा बलियो उपस्थिति जमाउन ६ नयाँ फोन ल्याउँदै वनप्लस

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी वनप्लसले आउँदो सेप्टेम्बर महिनाभित्र छ वटा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले मिडरेन्जदेखि फ्ल्यागशिप फोन सार्वजनिक गर्ने तयारी गरेको हो ।

सार्वजनिक हुने फोनमध्ये यही मार्चको अन्त्यसम्ममा वनप्लस १० प्रो सार्वजनिक हुने अनुमान छ भने अप्रिल महिनामा वनप्लस नर्ड सीई २ लाइट सार्वजनिक हुने अनुमान छ ।

यसैगरी अप्रिलकै अन्तिमतिर वनप्लस नर्ड टुटी सार्वजनिक हुने बताइएको छ भने मे महिनामा वनप्लस १०आर सार्वजनिक हुने बताइएको छ ।

जुलाईमा वनप्लस नर्ड३ अथवा नर्ड प्रो सार्वजनिक हुनेछ भने यो वर्षको तेस्राे त्रैमासिकको अन्त्यसम्ममा वनप्लस १० अल्ट्रा सार्वजनिक हुने अनुमान छ ।

स्मार्टफोनहरू के कस्तो हुनेछ भन्ने लगायतका विवरण भने अहिले नै बाहिरिसकेको छैन । यद्यपि वनप्ल्सका प्रयोगकर्ताका लागि यो पटक एकपछि अर्को गर्दै नयाँ स्मार्टफोन आउने पक्का छ ।

यसका साथै कम्पनीले आफ्नो ब्रान्डको स्मार्टवाच पनि सार्वजनिक गर्ने तयारी गरिरहेको चर्चा चलेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२