काठमाडौं । ट्वीटरले प्रयोगकर्ताको सहजताको लागि नयाँ फिचर उपलब्ध गराएको छ । केही समय अघिमात्रै ट्वीटर स्पेसका लागि छुट्टै स्थान उपलब्ध गराएको कम्पनीले अब भने डीएम अर्थात् डाइरेक्ट म्यासेजमा नयाँ सेवा उपलब्ध गराएको हो ।
कम्पनीले डीएममा कसैले पठाएको म्यासेजमा सर्च गर्न सकिने सेवा उपलब्ध गराएको छ । यसको अर्थ अब तपाईंले डीएममा आएका म्यासेजमध्ये कुनै महत्वपूर्ण म्यासेज खोज्न सबै च्याट स्क्रोल गरिराख्नु पर्ने झन्झट रहँदैन ।
यदि तपाईंलाई आएको म्यासेजमध्ये कुनै एउटा शब्द थाहा भएको खण्डमा उक्त वर्ड प्रयोग गरेर सोझै सर्च गरेर आफूले चाहेको म्योजमा पुग्न सक्नुहुनेछ ।