close

विद्युतीय क्रुजर बाइक ‘कोमाकी रेन्जर’ नेपाल भित्रिँदै

टेकपाना टेकपाना

चैत ११, २०७८ १४:३९

विद्युतीय क्रुजर बाइक ‘कोमाकी रेन्जर’ नेपाल भित्रिँदै

काठमाडौं । केहि समय अघि मात्रै कोमाकी रेन्जरको विद्युतीय स्कुटर बिक्री सुरु गरेको युनिटी ट्रेडिङ कन्सर्नले विद्युतीय क्रुजर बाइक ‘कोमाकी रेन्जर’ नेपाल भित्र्याउने भएको छ ।

आगामी वैशाखको पहिलो हप्तामा सार्वजनिक हुने भनिएको यो बाइकको प्रि-बुकिंग कम्पनीले सुरु गरिसकेको छ । बाइकको प्रि-बुकिङ चैत १३ अर्थात आइतबारसम्म गर्न सक्नेछन् । कम्पनीले आइतबार सम्म प्रि-बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष छुटको पनि व्यवस्था गरेको छ ।

४ हजार वाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको बाइकमा ७२ भोल्ट ५० एमएएचको लिथियम आयोन ब्याट्री छ । एक पटकको फुल चार्ज गर्न ५ देखि ६ घण्टा लाग्ने यो बाइक १५० देखि १८० किलोमिटर सम्म गुड्न कम्पनीको दावी छ ।

त्यस्तै, कोमाकी रेन्जरमा भएको डबल डिस्क ब्रेक, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, रिमोटबाटै बाइक लक गर्न सकिने सुविधा, सेल्फ डायग्नोसिस, टेलिस्कोप सकर, एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट, स्याडलब्याग्स, फोर्क माउन्टेड फेयरिङ र साइड स्ट्यान्ड सेन्सर जस्ता फिचरहरू रहेका छन् ।

इको, कम्फर्ट, स्पोर्ट्स एन्ड टर्बो गरि विभिन्न मोडमा उपलब्ध यो बाइक भारतीय बजारमा केही समय अघि मात्र सार्वजनिक भएको थियो ।

कालो, रातो र निलो गरि विभिन्न तीन फरक रंगमा उपलब्ध हुन कोमाकी रेन्जर बाइकको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२