close

आईओएस १५.४ मा देखियो ब्याट्री चाँडै सकिने समस्या, समाधान हुने एप्पलको दाबी

टेकपाना टेकपाना

चैत ११, २०७८ १८:६

आईओएस १५.४ मा देखियो ब्याट्री चाँडै सकिने समस्या, समाधान हुने एप्पलको दाबी

काठमाडौं । हालै मात्र एप्पलले आईओएसको नयाँ भर्सन १५.४ सार्वजनिक गरेको छ । आईओएस १५.४ अपडेटमा मास्क लगाएको अवस्थामा लक खुल्ने, केही नयाँ इमोजीहरू, सिरीको लागि नयाँ आवाज र नोट्समा लाइभ टेक्स्ट एकीकृत गर्ने जस्ता विशेषताहरू समावेश भएका छन् । तर, सार्वजनिक भएको केही समय नहुँदै प्रयोगकर्ताहरूको धेरै गुनासाहरू आउन थालेका छन् । नयाँ भर्सनमा अपडेट गरेपछि ब्याट्रीमा समस्या देखिएको भन्दै प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन् । 

प्रयोगकर्ताहरूको यही गुनासाहरूलाई सम्बोधन गर्दै एप्पलले आफ्नो प्रतिक्रिया दिएको छ । एक आइफोन प्रयोगकर्ताले ट्विटरमा एप्पल र एप्पल सपोर्टलाई मेन्सन गर्दै आईओएस १५.४ इन्स्टल गरेपछि ब्याट्री १० मिनेटमा पाँच प्रतिशत सम्म घटेको भन्दै ट्विट गरेका थिए । उक्त प्रयोगकर्तालाई रिप्लाई दिँदै फोनले फिचर र  एपसँग एडजस्ट गर्नुपर्ने भएकाले अपडेट भएको ४८ घन्टासम्म ब्याट्री तीब्र रूपमा खपत हुनु सामान्य रहेको कम्पनीले बताएको छ । 

त्यसपछि पनि ब्याट्री खपतमा समस्या आए डिएम (डाइरेक्ट म्यासेज) मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । सँगै कम्पनीले प्रयोगकर्तालाई आईओएस १५.४ अपडेट भएको केही समय सम्म धैर्य गर्न अनुरोध गरेको छ । उसले नयाँ अपडेटले ब्याट्रीमा अस्थाई रूपमा समस्या आए तापनि केही समय पश्चात भने पहिले जस्तै हुने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२