काठमाडौं । नेटफ्लिक्सले गेमिङलाई प्राथमिकतामा राखिरहेको छ । नयाँ गेमहरू सार्वजनिक गर्नेसहित गेम डेभलपर कम्पनीहरू खरिद गर्ने कामलाई नेटफ्लिक्सले तिव्रता दिइरहेको छ । यसैबीच, कम्पनीले नयाँ कम्पनी ‘बोस फाइट इन्टरटेनमेन्ट’ खरिद गरेको छ । यसअघि कम्पनीले अक्सेनफ्री डेभलपर नाइट स्कुल र नेक्स्ट गेम्स गरी दुई कम्पनीहरू खरिद गरिसकेको छ ।
बोस फाइटले ‘डनगन बोस’ लगायत अन्य लोकप्रिय मोबाइल गेमहरू निर्माण गरेको छ । योसँगै कम्पनीले फेसबुकमा निकै नै लोकप्रियत कमाएको क्यासलभिल्ला गेमको डेभलपर कम्पनी ‘जिङ्ग्याज ड्यालस स्टुडिओ’ स्थापना गरेको थियो ।
नेटफ्लिक्सले भने पछिल्लो समयमा बजारमा लोकप्रियता कमाएको गेमिङ कम्पनीहरू खरिद गरेर गेमिङ क्षेत्रमा बलियो बजार ओगट्ने लक्ष्य राखेको केही दिन अघि मात्र कम्पनीले तीनवटा नयाँ गेमहरू सार्वजनिक गरेको थियो । नेटफ्लिक्सका प्रयोगकर्ताहरूले मात्र यी गेमहरू खेल्न पाउनेछन् ।