close

अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतराको सूचीमा क्यासपरस्की

टेकपाना टेकपाना

चैत १३, २०७८ ८:१६

अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतराको सूचीमा क्यासपरस्की

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसी सुरक्षा कम्पनी क्यास्परस्की ल्याबलाई राष्ट्रिय सुरक्षाका लागि खतराको सूचीमा राखेको छ ।

सङ्घीय सञ्चार आयोग (एफसीसी) ले यो सूचीमा चाइना टेलिकम (अमेरिका) कर्प र चाइना मोबाइल इन्टरनेसनल यूएसए इन्कको नाम पनि थपेको छ । यसअघि नै दर्जनौं चिनियाँ कम्पनीलाई अमेरिकाले खतराको सूचीमा समावेश गरिसकेको छ ।

यो सूचीमा परेपछि अमेरिकामा सो कम्पनीका उपकरण वा सेवा खरिद गर्न वा प्रयोग गर्न सकिँदैन । खतराको सूचीमा पर्ने क्यासपरस्की ल्याब पहिलो रुसी कम्पनी हो ।

‘यो काम राष्ट्रिय सुरक्षा खतराविरुद्ध अमेरिकाको सञ्चार सञ्जाललाई बलियो बनाउने प्रयासको एक हिस्सा हो, एफसीसीकी अधिकारी जेसिका रोजेनवर्सेलले एक समाचार विज्ञप्तिमा भनिन् ।

उनले युक्रेनमा रुसको आक्रमणपछि सम्भावित साइबर आक्रमणको चेतावनी दिएकी थिइन् ।

क्यास्परस्की विश्वकै चर्चित एन्टीभाइरस सफ्टवेयर एवं साइबर सुरक्षा अनुसन्धान कम्पनी हो । यसले ४० करोड भन्दा बढी प्रयोगकर्ताहरू र करिब अढाई लाख कम्पनीहरूलाई सुरक्षा दिएको दावी गर्छ ।

रुस-युक्रेन युद्ध सुरु भएसँगै क्यासपरस्की ल्याब पनि निशानामा परेको छ । यसअघि युरोपका कतिपय देशमा क्यासपरस्की प्रयोगमा कडाइ गरिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२