close

जीमेलमा फैलिँदै एक क्लिकमै ह्याक गरिदिने मालवेयर

टेकपाना टेकपाना

चैत १३, २०७८ १४:२२

जीमेलमा फैलिँदै एक क्लिकमै ह्याक गरिदिने मालवेयर

काठमाडौं । जीमेल प्रयोगकर्तालाई लक्षित गर्दै एक क्लिकमै डेटा चोरी गर्ने मालवेयर व्यापक रुपमा फैलिएको पाइएको छ । ‘भिडार’ नाम दिइएको यो मालेयर ईमेल स्क्यामको नयाँ अभियानका रुपमा फैलिएको एक अध्ययनले उल्लेख गरको छ ।

डिजिटल ट्रेन्डले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भिडारले माइक्रोसफ्ट हेल्पयुक्त एचटीएमएल फाइल प्रयोगकर्तालाई पठाइरहेको छ । हेर्दा माइक्रोसफ्ट हेल्पमार्फत आएको ईमेल जस्तो देखिन्छ ।

तर, त्यसमा पठाइएको ‘request.doc’ फाइलमा क्लिक गरेसँगै प्रयोगकर्ताको जानकारी ह्याकरले पाउँछन् । साइबर सुरक्षा कम्पनी ट्रस्टवेभमा कार्यरत अनुसन्धानकर्मी डाइन लोफरका अनुसार यो ‘वान-क्लिक ह्याक’ हो ।

यसमार्फत प्रयोगकर्ताले लिंकमा क्लिक गरेसँगै युजरनेम, पासवर्ड, क्रेडि कार्ड डिटेलका साथै कम्प्युटरमा भएको महत्वपूर्ण डेटा ह्याकरको हातमा पुग्नेछ ।

त्यसरी ईमेलमा आएको फाइलमा क्लिक गर्दा भिडार स्पाइवेयर ब्याकग्राउण्डमा देखिने जनाइएको छ । त्यो हुँदा प्रयोगकर्ता सतर्क भएको खण्डमा लिंक क्लिक भइहालेमा पनि तत्कालै पासवर्ड परिवर्तन गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२