close

गोदरेजका रेफ्रिजेरेटर, वासिङ मसिन र माइक्रो ओभनमा २१ प्रतिशत छुट र उपहार पाइने

टेकपाना टेकपाना

चैत १४, २०७८ १०:४४

गोदरेजका रेफ्रिजेरेटर, वासिङ मसिन र माइक्रो ओभनमा २१ प्रतिशत छुट र उपहार पाइने

काठमाडौं । गोदरेज ब्राण्डले नेपाली बजारका लागि ‘गेट सेट गोदरेज’ योजना ल्याएको छ । नयाँ वर्ष २०७९ को अवसर पारी ल्याइएको यस योजनामा ग्राहकले सामान गरिद गर्दा क्यासब्याक र उपहार पाउनसक्ने जनाइएको छ ।

यो योजना आइतबारदेखि सीमित अवधिका लागि सुरु भएको छ । कम्पनीका अनुसार गोदरेजका हरेक सामानको खरिदमा २१ प्रतिशतसम्म छुट र आकर्षक उपहार पाइनेछ ।

फ्रन्ट लोड वाशिङ मसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वशिङ पाउडर र टप लोड वाशिङ मसिनको खरिदमा आकर्षक छुटसँगै दुई केजी एरियल वशिङ पाउडर पनि पाउन सकिनेछ ।

त्यस्तै माइक्रोवेभ ओभनमा आकर्षक छुटको साथै कुकिङ किट उपहार पाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, रेफ्रिजरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाईरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

एसीमा आकर्षक छुट र रु ४,००० बराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।

गोदरेज ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेकट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा विक्रेता सञ्जाल मार्फत सेवा प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२