close

इटहरीमा रियलमीको आधिकारिक सर्भिस सेन्टर

टेकपाना टेकपाना

चैत १४, २०७८ १५:१४

इटहरीमा रियलमीको आधिकारिक सर्भिस सेन्टर

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले इटहरीमा आफ्नो प्रिमियम आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले इटहरीको सूर्या कम्प्लेक्स परिसरमा नयाँ सर्भिस सेन्टरको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै गिरीले मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए ।

कम्पनीको पहिलो आधिकारिक सर्भिस सेन्टर काठमाडौंस्थित सीटीसी मलमा छ । रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकमाझ बिक्रीपछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ ।

यस सर्भिस सेन्टर मार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागशिप फोन मर्मत सेवा, वारेन्टी र नन-वारेन्टी स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले अब यो सर्भिस सेन्टरबाट सेवा लिनसक्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३