टेकपाना
चैत १५, २०७८ १४:१२
काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुलाई उडान टिकट काट्दा अनिवार्य रुपमा आफ्नो मोबाइल नम्बर इन्ट्री गर्न अनुरोध गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै कम्पनीले टिकट इस्यु वा लिँदा मोबाइल नम्बर पनि राख्न अनुरोध गरेको हो ।
यसबाट उडानसम्बन्धी सूचना र जानकारी यात्रुकै मोबाइलमा पठाउन सजिलो हुने कम्पनीको भनाइ छ ।
साथै कम्पनीले उडानसम्बन्धी जानकारी मोबाइल एपमार्फत पनि दिने गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३