close

पब्जी गेमको दक्षिण एसियाली प्रतियोगिता सुरू, नेपालका ११ टिमले प्रतिस्पर्धा गर्दै

टेकपाना टेकपाना

चैत १५, २०७८ २२:३२

पब्जी गेमको दक्षिण एसियाली प्रतियोगिता सुरू, नेपालका ११ टिमले प्रतिस्पर्धा गर्दै

काठमाडौँ । पब्जी माेबाइलको दक्षिण एसियाली प्रतियोगिता पब्जी मोबाइल प्रो लिगको साउथ एसिया स्प्रिङ (पीएमपीएल) आजदेखि सुरु भएको छ । चार हप्तासम्म सञ्चालन हुने प्रतियोगितामा कूल २० टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यसअन्तर्गत नेपालबाट मात्रै ११ टिमले भाग लिँदैछन् । पीएमपीएलको यो सिजनमा नेपालबाट डीआरएस गेमिङ, टिटुके ईस्पोर्टस, ज्यानमारा ईस्पोर्टस, स्काइलाइट गेमिङ, डेडआइज गाइज, द एट्राक्स ईस्पोर्टस, भाइब्स ईस्पोर्टस, इलेमेन्ट्रिक्स, हाइ भोल्टेज, सेभेन सी ईस्पोर्टस् र रअ ईस्पोर्टस टिमले भाग लिँदैछन् ।

यो प्रतियोगिताको कूल पुरस्कार राशि एक लाख ५० हजार डलर (एक करोड ८० लाख रूपैयाँ बढी) रहेको छ ।

हरेक साता २० टिमले उत्कृष्ट १६ का लागि हुने प्रतिस्पर्धामा भाग लिनेछन् । चौंथो हप्ताको अन्तिम प्रतियोगितापछि सबै टिमले पाएको अंक गणनाका आधारमा उत्कृष्ट टिम विजयी हुनेछ ।

यसअघि पीएमपीएलले नेपाल, श्रीलंका र मंगोलियाबाट यस प्रतियाेगिताका लागि खेलाडी छनोट गर्न क्वालिफायर आयोजना गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३