close

स्न्यापड्रागनले ल्यायो अडियोमा क्रान्ति ल्याउने नयाँ साउन्ड प्रविधि 

टेकपाना टेकपाना

चैत १६, २०७८ १२:४५

स्न्यापड्रागनले ल्यायो अडियोमा क्रान्ति ल्याउने नयाँ साउन्ड प्रविधि 

काठमाडौं । क्वालकमले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा स्न्यापड्रागन आवाज सुनुवाई प्रविधिको बारेमा खुलाइएको छ । कम्पनीका अनुसार ४० भन्दा बढी उत्पादनकर्ताले यो प्राविधिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जसले गर्दा उनीहरूले स्न्यापड्रागनलाई प्रविधि प्रयोगमा व्यवसायिक साथ दिनेछ । 

के हो स्न्यापड्रागन साउन्ड ?

स्न्यापड्रागन साउन्डले कनेक्टिभिटी र मोबाइल क्षेत्रमा उच्च गुणस्तरको म्युजिक, स्पष्ट भ्वाइस कल,  स्मार्टफोनका लागि अल्ट्रा-लो-लेटेन्सी, गेमिङ अडियो एक्सपिरियन्स, वायरलेस एयरबड्स र हेडफोन उपलब्ध गराउँदै क्वालकमका नयाँ प्रविधिलाई एकीकृत गराउँछ । 

यसमा हुने फिचर

स्न्यापड्रागन साउन्ड प्रविधिले शीर्ष गुणस्तरका साउन्डलाई उच्च प्राथमिकता दिइरहेको छ । यसले क्वालकमको एपीटीएक्स एडप्टिभ (aptX adoptive) प्रविधि प्रयोग गर्छ ।

यसका साथै स्न्यापड्रागन साउन्डले एपीटीएक्स लसलेस अडियो (aptX Lossless Audio) सपोर्ट गर्छ । यसले सीडी क्वालिटी १६-बिट ४४.१ किलोहर्ज लसलेस अडियो (Cd-quality 16-bit 44.1 kHz ) भएको वायरलेस एयरबड्स र हेडफोन, २४०बिट ४८ किलोहर्जको साउन्ड ब्लुटुथ वायरलेस कनेक्सन र २४-बीट ९६ किलोहर्ज उच्च गुणस्तरको अडियो  उपलब्ध गराउँछ ।

यसबाहेक पनि एपीटीएक्स भ्वाइस टेक्नोलोजीका साथै स्न्यापड्रागन  साउन्ड प्रविधिले ब्लुटुथको इन्ड-टु-इन्ड अल्ट्रा-वाइड ब्याण्ड भ्वाइस सपोर्ट गर्छ । साथसाथै यसले ब्लुटुथ हेडफोन वा इयरबड्सहरूमा उच्च गुणस्तरको  आवाज ल्याउनेछ ।

साउन्ड क्वालिटी मात्र नभई स्न्यापड्रागनले अन्य थुप्रै अद्भुत सुविधाहरू ल्याउनेछ । स्न्यापड्रागन साउन्ड अडियो लेटेन्सी ६८ एमएस भन्दा कम भएको गेम मोड आउँदै छ । साथसाथै यसले सटर-फ्री गेमिङ एक्सपिरिन्स र इन-गेम भ्वाइस च्याट सपोर्ट गर्नेछ ।

त्यस्तै यसले ४ डेसिबलको अडियो क्वालकमको हाइ-स्पिड लिङ्क मोडुलेसन प्रविधिको माध्यमबाट र २ डेसिबलको अडियो क्वालकम एपीटीएक्स एडप्टिभ प्रविधिबाट हासिल गर्दछ ।

स्न्यापड्रागन साउन्डले फास्ट पेयरिङ पनि सपोर्ट गर्दछ । यसका साथै स्न्यापड्रागनले भ्वाइस असिस्टेन्स र नयाँ ब्लुटुथका लागि लो इनर्जी अडियो सपोर्ट गर्छ । स्न्यापड्रागनको यस प्रविधिले स्मार्टफोन र एयरबड्सको ब्याट्री राम्रोसँग अप्टिमाइजेसन गर्नुका साथै डीएसपी च्यानललाई समेत सपोर्ट गर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३