close

फ्ल्यागशिप स्मार्टफोनलाई महँगो बनाउने मुख्य ३ फिचर

टेकपाना टेकपाना

चैत १६, २०७८ १३:३०

फ्ल्यागशिप स्मार्टफोनलाई महँगो बनाउने मुख्य ३ फिचर

काठमाडौं । बजारमा नियमित रूपमा नयाँ नयाँ स्मार्टफोनहरू आइरहेका हुन्छन् । ती सबै फोनहरूमा आ-आफ्नै विशेषता रहेका हुन्छन् ।

कम मूल्यमा पाइने स्मार्टफोनहरूमा सस्ता प्रविधि (सामग्री) प्रयोग गरिएका हुन्छन् भने राम्रा तथा महङ्गा स्मार्टफोनहरूमा गुणस्तरीय र प्रयोगकर्तालाई धेरै सुविधा दिनसक्ने खालका प्रविधि राखिएका हुन्छन् । फ्ल्यागशिप स्मार्टफोन सम्बन्धित स्मार्टफोन कम्पनीको सबै भन्दा राम्रो स्मार्टफोन हुने गर्छ ।

अहिले धेरै कम्पनीहरू सस्ता  स्मार्टफोनमै धेरै सुविधाहरू थप्न व्यस्त छन् । तर ह्वावे र वनप्लस भने सहुलियत मूल्यमा फ्ल्यागशिप स्मार्टफोन बनाउन लागिपरेका छन् ।अब कुरा गरौँ फ्ल्यागशिप स्मार्टफोनहरूमा हुने केही सुविधाहरू तर्फ, जुन अन्य सस्ता फोनमा कमै मात्रामा देख्न पाइन्छ ।

१) डिस्प्लेः

फ्ल्यागशिप स्मार्टफोनहरूको पहिलो प्राथमिकता भनेको  स्मार्टफोनको डिस्प्ले हो । जसले धेरै रिफ्रेश रेट, हाइ रेजोलुसन र कटिङ एज कलर एक्योरेसी सपोर्ट गर्न सकोस् ।

हामी अहिले बजारमा यस्ता धेरै  स्मार्टफोनहरू देख्न सक्छौँ । जसले डीसीआई पी थ्रि कलर गामुट सपोर्ट गर्छ । त्यस्तै अहिले बजारमा एलटीपीओ स्क्रिन भएका हाइ इन्ड  स्मार्टफोन पनि आइरहेका छन् ।

जसले फरक फरक रिफ्रेश रेट सपोर्ट गर्छन् । सामान्य फोनहरूमा अहिले हामीले फुल एचडी मात्र डिस्प्ले देख्न पाउँछौँ । तर फ्ल्यागशिप स्मार्टफोनहरूमा भने अहिले टु के (2k) तथा फोके (4k) रेजोलुसन भएका डिस्प्ले पाउन सकिन्छ । 

२) क्यामेराः

फ्ल्यागशिप स्मार्टफोनको दोस्रो विशेषता भनेको स्मार्टफोनको क्यामेरा हो । फ्ल्यागशिप स्मार्टफोनहरू विशेष गरि अहिले फोटोग्राफीलाई ध्यानमा राख्न थालेको छ ।

अहिलेको कम्प्युटेसनल फोटोग्राफीको युगमा, निर्माताहरूले फोटोग्राफीको अनुभवलाई सुधार्नको लागि  एएनसी असिस्ट क्यामेराहरूको फिचरहरूलाई  सुधार गर्दैछन् ।

उदाहरणका लागि स्मार्टफोनहरूमा अहिले अल्ट्रा-हाइ-रेजोलुसन, अल्ट्रा-वाइड-एङ्गल क्यामेरा वा पेरिस्कोप टेलिफोटो लेन्सहरू राखिएका छन् । साथै हाइ इन्ड स्मार्टफोनहरूमा एआईको सहायताले फोटोको गुणस्तरमा धेरै भन्दा धेरै सुधार गरिँदै छ ।

३) गेमिङः

 फ्ल्यागशिप स्मार्टफोनहरुले अहिले गेमिङलाई पनि प्राथमिकतामा राखेका छन् । गेमिङको क्रममा हुने ल्याग तथा बढ्ने तापक्रम गेमरको प्रमुख टाउको दुखाइको विषय हो ।

फ्ल्यागशिप स्मार्टफोनहरूमा यस्ता समस्याहरूलाई समाधान गर्ने कोसिस भइरहेको छ । गेमिङमा सिग्नल रिसेप्सन सुधार गर्न फ्ल्यागशिप स्मार्टफोनमा फो क्रस फो एम्आईएमओ (मल्टिपल इनपुट मल्टिपल आउटपुट) सोलुसनलाई प्रयोग गर्न थालिएको छ ।

साथै अहिलेका स्मार्टफोनमा सन्तुलित स्टेरियो अडियो र ब्याट्री चार्ज हुन लाग्ने समयलाई पनि ध्यान दिन थालिएको छ । त्यसैले फ्ल्यागशिप स्मार्टफोनहरूमा अहिले ६५ वाटको फास्ट चार्जर आउन थालेको छ । सामान्य फोनमा भने अहिले पनि ३० वाटकै चार्जर प्रयोग भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३