close

५.५ गिगाहर्जसम्म पावर प्रदान गर्ने विश्वकै पहिलो सीपीयू सार्वजनिक हुँदै

टेकपाना टेकपाना

चैत १८, २०७८ ९:१३

५.५ गिगाहर्जसम्म पावर प्रदान गर्ने विश्वकै पहिलो सीपीयू सार्वजनिक हुँदै

काठमाडौँ । इन्टेलको नयाँ प्रोसेसर इन्टेल कोर आई नाइन- १२९०० केएस आउँदो अप्रिल ५ मा आउने भएको छ, जसलाई विश्वको अहिलेसम्मकै फास्ट सीपीपयू भनिएको छ ।

यो सीपीयूले सामान्य रुपमा ३.४ गिगाहर्जमा काम गर्छ, तर हेभी काम गर्नु परेमा भने सीपीयूको स्पिड आफैं बढेर ५.५ गिगाहर्ज पुग्छ ।

यसअघि कम्पनीले ५.२ गिगाहर्ज सम्मको पावर प्रदान गर्ने सीपीयू बजारमा ल्याएको थियो । जति सीपीयूको पावर बढ्दै जान्छ, त्यति नै कम्प्युटरको प्रोसेसरको क्षमता पनि बढ्दै जाने हुँदा सानो अन्तरले पनि निकै ठूलाे महत्व राख्ने गरेको छ ।

यो सीपीयूमा १६ वटा कोरहरु रहेका छन् । यसमा भएका आठ वटा कोरले पर्फर्मेन्स कोरको रुपमा काम गर्छ भने बाँकी आठ वटा कोरले पावर बचाउने कोरको रुपमा काम गर्छ ।

यसमा २४ थ्रेड र ३० एमबी एल थ्री क्याश दिइएको छ । इन्टेलको यो सीपीयू १० नानो मिटर प्रडक्सन नोडमा बनाइएको छ ।

यो सीपीयूले कम्युनिकेसनको लागि पिसिआई एक्सप्रेस जेन फाइभ कनेक्सन दिइएको छ । यसमा इन्ट्रिगेटेड ग्राफिक्सको रुपमा इन्टेल यूएचडी ग्राफिक्स ७७० दिइएको छ ।

साथै यसमा हार्डवेयर भर्चुलाइजेसन टेक्नोलोजी पनि समावेश छ, जसले गर्दा भर्चुअल मसिनहरुको पर्फर्मेन्समा धेरै सुधार आउने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३