close

अब बेगनास तालमा डुङ्गा शयर गर्दा क्यूआर कोडमार्फत भुक्तानी

टेकपाना टेकपाना

चैत १८, २०७८ १७:३०

अब बेगनास तालमा डुङ्गा शयर गर्दा क्यूआर कोडमार्फत भुक्तानी

काठमाडौं । पोखराको बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार बेगनास ताल डुङ्गा व्यवसायी सङ्घमार्फत त्यहाँ डुङ्गा चलाउने दुई सय २० डुङ्गा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको हो ।

बेगनास तालमा क्यूआर हस्तान्तरण भएसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैंकिङमार्फत  सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै भुक्तानी सेवाप्रदायकका मोबाइल एप तथा वालेट मार्फत समेत सहजै रकम भुक्तानी गर्न सकिनेछ ।

यस्तै वाह्य पर्यटकले पनि भिजामार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्ने बताइएको छ । फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केही दिन अघि मात्र भिजासँग सहकार्य गरेको थियो ।

भुक्तानी प्रणाली सञ्चालकको रुपमा रहेको फोनपे नेटवर्कमा हाल ६० ओटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक आवद्ध छन् । त्यस्तै फोनपेमा हालसम्म छ लाख २० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् ।

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी सेवा प्रदायकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३