close

एन्ड्रोइड १३ मा ई-सिम सपोर्ट, नयाँ फोनमा सिमकार्ड स्लट नहुने !

टेकपाना टेकपाना

चैत १९, २०७८ १५:३९

एन्ड्रोइड १३ मा ई-सिम सपोर्ट, नयाँ फोनमा सिमकार्ड स्लट नहुने !

काठमाडौं । यदि तपाईं सिमकार्ड परिवर्तन गर्दागर्दै थकित हुनुभएको छ भने एन्ड्रोइडले ई-सिम फिचर ल्याउँदैछ, जसअन्तर्गत प्रयोगकर्ताले एउटै ई-सिम अन्तर्गत धेरै जनाको प्रोफाइलमा प्रयोग गर्ने सकिनेछ ।

गुगलले एन्ड्रोइड १३ छिट्टै नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैबीच एन्ड्रोइड १३ को ई-सिम फिचरको जानकारी बाहिरिएको हो ।

गुगलले ई-सिममा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध गराउन लागेको हो । यो फिचरले विभिन्न नेटवर्कको सिमकार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई सहज हुने बताइएको छ ।

यसले मोबाइलको हार्डवेयरमा हुने लगानी पनि कम हुने बताइएको छ । यो फिचर सार्वजनिक भएसँगै मोबाइल कम्पनीहरूले सिमकार्ड स्लटलाई हटाएर ब्याट्रीको आकार बढाउन अथवा अन्य प्रयोगजनको लागि प्रयोग गर्न सक्छन् ।

हाल अधिकांश मोबाइल फोनमा फरक-फरक नेटवर्कको सिमकार्ड प्रयोग गर्न दुईवटा सीम प्रयोग गर्न मिल्ने सिमकार्ड ट्रे उपलब्ध गराइएको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३