काठमाडौं । यो वर्ष आउने आईफोन १४ प्रोले एप्पल परम्परामा ठूलो परिवर्तन ल्याउने अनुमान गरिएको छ । यसअघि नै यो मोडलमा नच नहुने चर्चा बाहिरिएको छ । त्यस्तै कम्पनीले प्राे र म्याक्स मोडलमा ४८ मेगापिक्सेलको वाइड क्यामेरा सिस्टम दिने तयारी गरेको छ ।
१२ बाट एकैपटक ४८ मेगापिक्सेल रेजोलुसनमा क्यामेरा आउने कुराले अझ यो मोडलको बढी चर्चा चलेको छ । हुन त एन्ड्रोइड फोनहरूमा यसअघि नै हाई रेजोलुसनका क्यामेरा उपलब्ध भइसकेको छ ।
तर आईफोन पारखीहरुका लागि १४ प्रो मोडल विशेष बन्नसक्छ । २०१५ मा आईफोन सिक्स एस सार्वजनिक भएपछि एप्पलले १२ मेगापिक्सेल सेन्सरकै वरपरमा क्यामेरा दिने गरेको छ ।
यसर्थ आईफोन १४ ले सात वर्षपछि पहिलो पटक एकैपटक ठूलो मेगापिक्सेल क्यामेरा पस्किनेछ, जुन आईफोनको इतिहासमै एउटा नाटकीय परिवर्तन हुनेछ ।
एप्पलले ४८ मेगापिक्सेल सेन्सरमा काम गरिरहँदा केही प्रश्न पनि उठेका छन् । जबकि आईफोन १३ प्रोले उत्कृष्ट क्यामेरा फोनको रूपमा रेटिङ पाइसकेको छ ।
यस्तो अवस्थामा एप्पलले फ्ल्यागशिप फोन क्यामेरामा यस्तो नाटकीय परिवर्तन गर्ने जोखिम किन लियो भन्ने विषयमा चर्चा भएको छ ।
The main reason for the larger and more prominent rear-camera bump of the 14 Pro/Pro Max is upgrading the wide camera to 48MP (vs. 13 Pro/Pro Max's 12MP). The diagonal length of 48MP CIS will increase by 25-35%, and the height of 48MP's 7P lens will increase by 5-10%. https://t.co/lrwgmnLNce
योसँगै एप्पलले फोटोग्राफीलाई नयाँ लेभलमा लैजाने संकेत दिएको छ । ४८ मेगापिक्सेलसँगै हामीले मिररलेस क्यामेराको ट्रेन्ड पनि देखेका छौं ।
एप्पलले यो मोडल फोटोग्राफीका लागि अरु के के फिचर दिनेछ भन्ने विषयमा विभिन्न अड्कलसमेत भइरहेका छन् । ४८ मेगापिक्सेलसँगै यो मोडलको आईफोनबाट एटके (8K) भिडिओ रेकर्डिङ गर्न सकिने अनुमान गरिएको छ ।
यसअघि आईफोन १३ प्रोको १२ एमपी क्यामेरामा फोरके भिडिओ रेकर्डिङ क्षमता थियो । साथै आईफोन १४ प्रोबाट रेकर्ड गरिएका उच्च रेजोलुसन (एटके) भिडिओहरू पनि एप्पलका आगामी एआर/भीआर हेडसेटबाट हेर्न सकिने चर्चा गरिएको छ ।