काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अनलाइनबाट पार्टीको सदस्यता वितरण तथा चन्दा संकलन गर्ने भएको छ । एक सूचना जारी गर्दै राप्रपाले पार्टीको सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलन अनलाइन प्रविधिमार्फत गर्ने जानकारी दिएको हो ।
स्वदेश तथा विदेशमा रहेका जनताहरूले पार्टीको वेबसाइटमार्फत साधारण सदस्यता र सक्रिय सदस्यता लिन तथा चन्दा दिनसक्ने व्यवस्था गरिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पार्टी सदस्यता शुल्क, नवीकरण शुल्क र मासिक लेबी पनि अनलाइनबाटै बुझाउन सकिने उनले बताएका छन् ।
सो शुल्क तथा चन्दाको रकम अनलाइन पेमेन्टका सबैजसो गेटवेबाट पठाउन सकिने उनले बताए । त्यस्तै खाडी मलुकबाट आईएमई पे को काउन्टरमा गएर चन्दा दिन सकिने प्रवक्ता श्रेष्ठले बताए ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
