close

टेलिकममा नियम विपरीत एमडी नियुक्त हुन लागेको भन्दै कर्मचारी युनियनको आपत्ति

टेकपाना टेकपाना

चैत २१, २०७८ १६:४

टेलिकममा नियम विपरीत एमडी नियुक्त हुन लागेको भन्दै कर्मचारी युनियनको आपत्ति

काठमाडौं । आफूहरूसँग भएको सम्झौता विपरीत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदको अन्तर्वार्ताको लागि सूची प्रकाशन गरेको भन्दै नेपाल टेलिकम वर्कर्स युनियनले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

मंसिर २२ गते मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक पदको लागि प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेवादहरूको सूची प्रकाशन गरेको थियो ।

तर यो सूची कानून सम्बद्ध नभएको र नियुक्ति सम्बन्धी कार्यविधि पनि पटक-पटक संशाेधन भएको भन्दै मन्त्रालयले मिलिभगतमा प्रबन्ध निर्देशकको पदको लागि नामावली तयार गरेको युनियनले आरोप लगाएको छ ।

योसँगै युनियनले प्रबन्ध निर्देशक बिना प्रतिस्पर्धा गर्नुहुन्न भन्दै ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७२’ पनि जारी भएको कुरालाई स्मरण गराउँदै मन्त्रालयले प्रकाशित गरेको सूची कानून सम्बद्ध नभएको दाबी गरेको छ ।

योभन्दा अगाडि पूर्वप्रबन्धक निर्देशक डिल्लीराम अधिकारीले सेवाबाट अवकाश पाइसकेपछि पुनः लियन पद (प्रबन्ध निर्देशकमा नियुक्ति हुनु अघिकै पद) मा फर्किन खोजेपछि विरोध सुरु भएको थियो ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५