close

३३ प्रतिशतले प्रयोग गर्छन् अरुकै नेटफ्लिक्स अकाउन्ट

टेकपाना टेकपाना

चैत २२, २०७८ १६:४३

३३ प्रतिशतले प्रयोग गर्छन् अरुकै नेटफ्लिक्स अकाउन्ट

काठमाडौं । हामीमध्ये धेरैले अरुकै नेटफ्लिक्स अकाउन्ट प्रयोग गरिरहेका हुनसक्छौं । विदेशमा बस्ने साथीभाई तथा आफन्तहरुसँग अकाउन्ट मागेर यसरी प्रयोग गर्नेको संख्या उल्लेख्य रहेको एक अध्ययनले देखाएको छ ।

हालै सार्वजनिक भएको एक अध्ययन अनुसार ३३ प्रतिशत प्रयोगकर्ताले स्क्रिन शेयर गरेर नेटफ्लिक्स प्रयोग गरिरहेको पाइएकाे छ ।

लाइटम्यान रिचर्स ग्रुपले ४४ हजार घर परिवारमा गरेकाे साे सर्वेक्षणमा ६४ प्रतिशतले नेटफ्लिसमा आफैंले भुक्तानी गरी परिवारमा मात्रै प्रयोग गरिरहेको बताए ।

त्यस्तै १५ प्रतिशतले आफूले नेटफ्लिक्स सेवा भुक्तानी गरी अन्यलाई अकाउन्ट शेयर गर्छन् । त्यस्तै १५ प्रतिशतले अरुले भुक्तानी गरेकाे सेवा प्रयोग गर्ने गरेकाे जवाफ दिए ।

त्यस्तै तीन प्रतिशतले पैसा खर्च गर्ने र परिवारका साथै अरुलाई पनि शेयर गर्ने बताए । बाँकी रहेको तीन प्रतिशतले अन्य कुनै सर्भिसबाट नेटफ्लिक्स प्रयोग गर्ने गरेको बताएका छन् ।

यसअघि कम्पनीले पासवर्ड शेयर बढेको भन्दै यसलाई नियन्त्रण गर्ने गरी नयाँ सिस्टम ल्याउने बताएको थियो । त्यसका बावजुद अझ पनि ३३ प्रतिशतले अरुकै नेटफ्लिक्स प्रयोग गर्ने गरेको बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५