close

नेपाल बैंकका ग्राहकलाई दराजमा विशेष छुट

टेकपाना टेकपाना

चैत २३, २०७८ ९:११

नेपाल बैंकका ग्राहकलाई दराजमा विशेष छुट

काठमाडौं । नेपाल बैंक र अनलाइन शपिङ पोर्टल दराजबीच बैंकमा खाता रहेका ग्राहकलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।

नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट प्राप्त गर्नसक्ने छन् ।

छुट प्राप्त गर्नको लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसका लागि ग्राहकले नजिककाे बैंक शाखामा सम्पर्क गर्नुपर्छ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५