काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनलाइन भुक्तानी आज साँझ ६ बजेसम्मका लागि बन्द हुने भएको छ ।
प्राधिकरणको सिस्टम माइग्रेसन काम चलिरहेकाले अनलाइन विद्युत बिल भुक्तानी सेवा दिउँसाे साढे ३ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।
यसबाट पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।