close

एलन मस्कको स्टारलिंक पछि स्याटलाइट इन्टरनेटमा भित्रिए बेजोस

टेकपाना टेकपाना

चैत २५, २०७८ ११:२१

एलन मस्कको स्टारलिंक पछि स्याटलाइट इन्टरनेटमा भित्रिए बेजोस

काठमाडौं । अमेजनका मालिक जेफ बेजोसले स्याटलाइटमार्फत उच्च गतिको इन्टरनेट दिने तयारी गरेका छन् । अमेजनको ‘प्रोजेक्ट काइपर’ अन्तर्गत आगामी पाँच वर्षमा लो अर्थ अर्बिट(पृथ्वीको तल्लो कक्ष) मा ३ हजार २ सय ३६ स्याटलाइट राख्ने गरी परियोजना अघि बढाएको हुन् ।

त्यसका लागि तीन ओटा उच्च भारवान रकेटको तयारी भइरहेको जनाइएको छ । उक्त रकेट एरियन स्पेस र ब्लु अरिजनले निर्माण गर्नेछन् । यी दुई कम्पनी मध्य ब्लु अरिजन अमेजनका मालिक जेफ बेजोसको कम्पनी हो ।

प्रोजेक्ट काइपरको उद्देश्य घरायसी, व्यवसायीक, सरकारी संस्था, विपद् राहतमा काम गर्ने संस्था, मोबाइल सेवा प्रदायक लगायतलाई लो–लेटेन्सी युक्त उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउनु रहेको छ । यही योजनाका साथ यसअघि नै टेस्लाका मालिक एलन मस्कले स्टारलिंकमार्फत सेवा दिइरहेका छन् ।

स्टारलिंकको अहिले नै अर्बिटमा २३ सय भन्दा बढी स्याटलाइट रहेको छ । यस्तोमा मस्कको प्रतिस्पर्धी कम्पनीको रुपमा स्थापित हुने योजनाका साथ बेजोसले यो परियोजना अघि बढाएका हुन् । जसले करोडौं प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५